२०८२ असार २ सोमबार

राशिफल

तत्काल काठमाण्डौ महानगरसँग संवाद गर्न सरकारलाई गगनको सुझाव

काठमाण्डौ  :  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाण्डौ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

प्रतिनिधि सभाको आज सोमवारको बैठकको आकस्मिक बैठकमा महामन्त्री थापाले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभयो । उहाँले काठमाण्डौका जनप्रतिनिधिलाई यस प्रक्रियामा सम्मिलित गराउनसमेत आग्रह गर्नुभयो ।

काठमाण्डौ महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा सङ्घीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन ।