काठमाडौं : छात्रालाई अश्लील सामग्री देखाएको आरोपमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिबानाको फैसला गरेको छ ।
प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ को सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद, १५ हजार रुपैयाँ जरिबाना गर्नुका साथै चार सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न भनेको छ । त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही १० हजार रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको थियो । यसअघि धरौटीमा रिहा गरिएका विष्ट अहिले फरार छन् ।
तपाइँको प्रतिक्रीया