२०८२ असार २ सोमबार

राशिफल

मिटरब्याजी पीडितको समस्या समाधानबारे संसदलाई जानकारी गराउन सरकारसँग माग

काठमाडौँ  :  राष्ट्रियसभाकी सांसद डा.विमला राई पौडेलले मिटरब्याजी पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छन् ।

मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ रु भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाई छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि आफूहरुले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाई भएजस्तो नलागेको पनि बताइन् ।

सांसद पौडेलले मिटरब्याजी पीडितहरुको दुःखमा साथ दिने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताइन् ।