२०८२ असार २ सोमबार

राशिफल

देउवा विपक्षी दलको नेता बन्न नमिल्नेसम्बन्धी रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ :  नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता नदिन मागसहित दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीश डा।आनन्दमोहन भट्टराई र डा।मनोज शर्माको संयुक्त इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।

प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि अधिवक्ता विमल पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

देउवालाई विपक्षी दलको नेता कायम गर्ने सम्बन्धमा संसद् सचिवालयले दिएको पत्र गैरकानुनी रहेको दाबी रिटमा लिइएको थियो ।