काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५ मा रहेको बकसपुर बस्तीमा आगलागी भएको छ । हिजो दिउँसो भएको आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने दुई घरमा सामान्य क्षति पुगेको छ ।
आगलागीबाट दुईवटा बाख्रा र केही कुखुरा मरेका गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवले बताउनुभयो । उहाँका अनुसार हिजो दिउँसोदेखि सुरु भएको आगो हिजो बेलुका निभाइएको थियो ।
कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको तीनवटा दमकल, प्रहरी र स्थानीयवासीको समूहले आगो निभाएको हो ।
तपाइँको प्रतिक्रीया