२०८२ जेठ २२ बुधबार

राशिफल

ललितपुर महानगरमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै

काठमाण्डौ  :  ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ ।

आज, भोलि र पर्सि खोप अभियान चल्ने महानगरपालिकाले जनाएको छ । महानगरले सबै खोप केन्द्रमा फाइजर कम्पनीको खोप दिने जनाएको छ । पहिलो मात्रा लगाएको तीन महिना पूरा भएका र बुस्टर मात्रा लगाएर ६ महिना पूरा भएकालाई लक्षित गरेर खोप अभियान चलाउन लागिएको हो ।

यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि आज, भोलि र पर्सि कोरोनाविरुद्धको बुस्टर मात्रा खोप कार्यक्रम सञ्चालन गर्दैछ । १० वटै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम हुनेछ