अमेरिकाको केन्ट सहरमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।
लुईसिवका प्रहरी प्रवक्ताका अनुसार यसरी घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन । साथै, सो गोलावारीमा संलग्न रहेका संदिग्धलाई गोली हानि मारिएको छ ।
पछिल्लो समयमा अमेरिकाका सहरहरुमा धेरै गोलाबारीका घटना हुन थालेको छ । केही दिन पहिले पनि बिधालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन ।
सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो ।
तपाइँको प्रतिक्रीया