२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं  :   साताको तेस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ५ सय रूपैयाँले बढेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार ५ रूपैयाँले बढेर १ हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।