काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो ।
निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएका छन् र मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाइएको छ ।
महासंघको नयाँ कार्यसमिति ९२०८०–२०८३० चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो ।
जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ ।
तपाइँको प्रतिक्रीया