२०८२ असार ४ बुधबार

राशिफल

उपनिर्वाचनका लागि पर्यवेक्षण गर्ने आयोगको अनुमति

काठमाडौं :  निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न केही संघसंस्थालाई अनुमति दिएको छ ।

आयोगका प्रवक्ता शर्मा पौडेलका अनुसार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिएको हो ।

आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न उक्त संस्थालाई अनुमति दिइएको हो ।