काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो आइतबार प्रतिनिधि सभा नियमावली निर्णयार्थ पेस गरिने र त्यसपछि प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्ने बताएका छन् ।
संवैधानिक परिषद्को बैठक बस्न नसकेको र प्रधानन्यायाधीश नियुक्तिमा भएको ढिलाइबारे ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका नेपाल बार एशोसिएसनका पदाधिकारीहरुलाई प्रधानमन्त्री दाहालले प्रतिनिधि सभा नियमावली पारित भएपछि संसदिय सुनुवाइ विशेष समिति गठनको बाटो खुल्ने बताए ।
तपाइँको प्रतिक्रीया