२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने

काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम सामान्यतया सफा छ ।

दिउँसो पछि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ ।

बेलुकीपख पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसमविद् रोजना लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल पानी पर्ने सम्भावना भने छैन । पानी नपर्दा गर्मी बढेको छ भने डढेलो, धुवाँधुलोलगायतका कारण वायु प्रदूषण बढेको छ ।

यस्तै, आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । दिउँसो र बेलुकीको समयमा हावाहुरी चल्ने हुँदा त्यस आसपासका क्षेत्रका नागरिका सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।