२०८२ जेठ २१ मङ्गलबार

राशिफल

दाङको तुलसीपुरमा आगोको जलेर एक जनाको ज्यान गयो

काठमाडौं  :  दाङको तुलसीपुरमा आगोको जलेर एक जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ५८ वर्षीय बलिराज ऐरीको आगोले जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटनास्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले ऐरीको रक्सी पार्ने क्रममा आगोमा परेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगोमा जलेर गम्भीर घाइते भएका बलिराजको उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा ज्यान गएको हो ।