२०८२ असार १ आइतबार

राशिफल

भक्तपुरमा आज ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइँदै

dWok’/lyld gu/kflnsf j8f g+= * af]8]sf] kfFrf] u0f]zsf] blIf0f kms]{sf] kf6Ldf agfO{Psf] d~rdf a;]/ xhf/f}sf cufl8 !) O{Gr nfdf] l;of]n] $& jifL{o a’4s[i0f jfu>]i7n] lha|f] 5]8]sf] x]b}{ ;j{;fwf/0fsf] eL8 . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

काठमाण्डौ  :  भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइँदैछ ।

विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै हुनुहुन्छ । युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको श्रेष्ठले बताउनुभयो ।

नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने हुनुभएको हो । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । तर यसवर्ष बुद्धकृष्णका कान्छा छोराले पहिलो पटक जिब्रो छेड्दै हुनुहुन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि नै केही नखाइ व्रत बस्नुपर्ने नियम छ । जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ ।

यसैबीच मध्यपुरथिमि क्षेत्रमै आज ३२ खटसहितको सिन्दुर जात्रा मनाइँदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।