२०८२ असार ५ बिहीबार

राशिफल

रूसले युक्रेनको स्लोभ्यान्स्कमा आक्रमण गर्दा ८ जनाको मृत्यु, २१ घाइते

युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसको आक्रमणमा परेर दुई वर्षीय बालकसहित करिब ८ जनाको मृत्यु भएको छ ।

सोही आक्रमणमा अन्य २१ जना घाइते भएका हुन् । आक्रमणमा अझै धेरै सर्वाधारण बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने बीबीसीले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्नुभएको छ ।

रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलार्ई लक्षित गरेर विस्फोट गराएको त्यहाँका अधिकारीहरुले बताएका छन् । सोही शहरका अन्य ७ स्थानमा विस्फोट गराएको सरकारी अधिकारीहरुको दावी छ । विस्फोटपछि विद्यालय क्षेत्रमा बालबालिकाका किताब तथा पोशाकहरु सडकमा छरिएका दृष्य देखा परेको समाचार संस्था रोयटर्सले उल्लेख जनाएको छ ।

रुसले युक्रेनको स्लेभ्यान्स्लाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।