काठमाडौं : बालुवाटारमा गोली चलेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा घाइते हुनुभएको छ ।
बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेको बताइएको छ ।
गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रीया