२०८२ असार १ आइतबार

राशिफल

शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन

काठमाडौं  :  शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

सय वर्षकी जोशीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीकी छिमेकी बनिता जोशीले सेतोपाटीलाई जानकारी दिइन्।

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ुउहाँ राम्ररी कुरा गर्न सक्नुहुन्थ्यो, खुट्टा दुखेर हिँड्न भने सक्नुहुन्न थियो। नर्स र छोरीले ओहोरदोहोर गराउनुपर्थ्यो,ु बनिताले भनिन्।

उपचारकै क्रममा आज बिहान ५ः५६ बजे उनको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

उनको निधनबारे जानकारी दिन अस्पतालले विज्ञप्ति जारी गर्ने तयारी गरेको छ।