काठमाण्डौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि नवौँ चरणको खेल सुरु हुँदैछ ।
आज तीन वटा खेल हुँदैछन् । जसमा दुई वटा खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
दशरथ रङ्गशालामा हुने पहिलो खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच दिउँसो ३ बजे तथा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार बेलुका ६ बजे खेल्दैछन् ।
त्यस्तै, च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।
तपाइँको प्रतिक्रीया