२०८२ असार १ आइतबार

राशिफल

बालुवाटार अपडेट : असावधानीका कारण गोली पड्केको प्रहरीको दाबी

काठमाण्डौ : माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुन गोली लागेर घाइते हुनुभएको छ ।

काठमाण्डौ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट गोली पड्कीएर उहाँ घाइते हुनुभएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । घटनापछि प्रकाश पक्राउ परेका छन् । उनी नेता वर्षमानका नातेदार पनि हुन् ।

गएराति १० बजेतिर भएको घटनामा खुट्टामा गोली लागेर घाइते पुनकी आमाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले गोली नियतवश नभइ असावधानीका कारण पड्किएको दाबी गर्नुभएको छ । साथै उहाँले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।