काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा बिदेशी हस्तक्षेप बढेको बताउनुभएको छ ।
शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औं साधारणसभामा बोल्दै गिरीले बामपन्थी दलहरु विभाजित हुंदा राष्ट्रियता कमजोर भएको बताउदै केही दलहरु वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाउनुभयो ।
उहाँले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरु समाधान नहुदाँ संघीयताको नै औचित्य छैन भन्ने आवाज उठ्न थालेको धारणा राख्नुभयो ।
मुख्यमन्त्री गिरीले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको गुनासो गर्दै मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्नेमा जोड दिनुभयो ।
तपाइँको प्रतिक्रीया