काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट एनपी साउदको नाम दिए पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
आज दिउँसो ३ बजे साउदले परराष्ट्रमन्त्रीको शपथ लिँदै हुनुहुन्छ । साउदबाहेक कांग्रेसबाट अरु नाम आएको छैन । अन्य दलबाट पनि मन्त्री बन्नेको नाम आउन बाँकी रहेकाले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा आशङ्का छ ।
दलहरुले नाम दिए छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । उपचुनाव पछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ । यसअघि सत्तारुढ गठबन्धनमा आउँदो १० गतेको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।
परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणको तयारीका कामहरु रोकियो भनेकाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ ।
तपाइँको प्रतिक्रीया