२०८२ असार १ आइतबार

राशिफल

बैतडीको दोगडाकेदारमा हत्या गरिएको अवस्थामा युवकको शव फेला

काठमाडौं  :  बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ।

अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

गएराति ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो।

उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।