२०८२ जेठ २१ मङ्गलबार

राशिफल

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाण्डौ    :   शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज एउटा खेल दशरथ रङ्गशाला र अर्को खेल च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । सङ्कटा ८ खेलमा १२ अङ्क जोडेर सातौँ स्थानमा छ । समान खेलमा एपीएफ ११ अङ्ककासाथ नवौँ स्थानमा छ ।

आज हुने अर्को खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब बेलुका ६ बजे दशरथ रङ्गशालामा खेल्दैछन् ।