काठमाडों : नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाउनुभएको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदलाई सरकारले बिजनेज दिने भएपनि अहिलेको सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाउनुभएको हो ।
उहाले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई पनि सदनमा नल्याई बाहिरैबाहिरैबाट टुङ्ग्याउन खोजिएको बताउनुभयो । शान्तिप्रक्रिया प्रचण्डको मागिखाने भाडो मात्रै भएको भन्दै उहाले सरकारमा गएपछि यसलाई प्रचण्डले प्राथमिकता दिन नसकेको जिकिर गर्नुभयो ।
तपाइँको प्रतिक्रीया