२०८२ असार १ आइतबार

राशिफल

अक्तियार दुरुपयोगको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन् : नैनसिंह महर

काठमाडौं :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा हुनुपर्ने व्यक्ति चुनाव लड्नु राम्रो नभएको बताएका छन्।

आज चितवमा क्षेत्र नम्बर २ को चुनावी कोणसभामा बोल्दै नेता महरले राजनीतिमा  शुद्धीकरणको नारा दिएर छोटो समयमै स्थापित भएका नयाँहरू दर्जनौँ काण्डमा मुछिकाले उनीहरूको नैतिकता धर्मराएको बताए।

नेपाली कांग्रेसको त्याग र संघर्षबाट प्राप्त लोकतन्त्रलाई धमिल्याउन खोज्नेहरूलाई जनताले समयमै चिनेर पाखा लगाउनुपर्ने महरले बताए।

जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै करोडौंको बार्गेनिङ गर्नुले उनीहरू कस्ता चरित्रका हुन् भन्ने प्रस्ट भएको महरले बताए। भ्रमको पर्दा उध्रिसकेको अवस्थामा जनता जागरूक नबने लोकतन्त्रलाई खतरामा पार्ने शक्तिहरू सलबलाउनेतर्फ उनले चिन्ता व्यक्त गरे।