काठमाडौं : रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते भएका छन् ।
बिहान ४ बजे भरतपुर-११ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घरको छतबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा खसेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गोडामा र टाउकोमा चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रीया