२०८२ जेठ ३२ शनिवार

राशिफल

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाण्डौ  :  राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई एअर एम्बुलेन्सबाट भारत लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पौडेलका अनुसार पौडेललाई बुधबार बिहान साढे ९ बजे श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतको नयाँदिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स ९एम्स० मा लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल लगिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई आज भारत लैजान लागिएको हो ।