२०८२ असार १५ आइतबार

राशिफल

भोलि बिहान ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान–अवतरण अवरुद्ध हुने

काठमाडौं :  काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि बिहान ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ ।

विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरुद्ध हुने भएको हो ।

विमानस्थलमा यात्रुहरूको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी रहेको र सोही क्रममा विमानस्थल भित्रको विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने विमानस्थल कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।