२०८२ जेठ २२ बुधबार

राशिफल

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै

काठमाडौं  :  भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

पौडेलको उपचारमा संलग्न डाक्टरहरूले आज उहाँको अवस्था सुधार हुँदै गएको जानकारी दिनुभएको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थानमा राष्ट्रपति पौडेलको उपचार भइरहेको छ । उहाँ उपचारका लागि हिजो नयाँ दिल्ली जानुभएको हो ।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा
सङ्क्रमण देखिएको थियो ।