२०८२ जेठ ३२ शनिवार

राशिफल

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

काठमाडौं  :  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ। गएको चैत १० गते माओवादीले अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकारमा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ । तर अधिकारीले विश्वासको मत नपाउने निश्चित छ । अधिकारीको पक्षमा नेकपा एमालेका २२ र राप्रपाका दुई सांसद मात्रै छन् । माओवादीका ८ जना संसदले समर्थन फिर्ता लिए पछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् । अधिकारी पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।