काठमाडौं यस बर्षको वानीरा प्रज्ञा पुरस्कार प्राज्ञ वैरागी काइँलालाई प्रदान गरिएको छ ।
वानीरा फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदानका निम्ति साहित्यकार वैरागी काइँलालाई वानीरा प्रज्ञा पुरस्कार प्रदान गरिएको हो । नेपाली साहित्यकार डा. वानीरा गिरीको सम्मानमा स्थापित ‘वानीरा प्रज्ञा पुरस्कार’ को राशि एक लाख रुपियाँको छ ।
त्यस्तै लामो समय काव्यसाधनामा निरन्तर समर्पित रहँदै उत्तर आधुनिक तथा उत्तर आधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका निम्ति साहित्यकार गोपाल पराजुलीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ । डा. वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा वानीरा फाउण्डेशनले प्रकाशन गरेको वानीरा अभिलेख बिमोचन गरिएको थियो ।
तपाइँको प्रतिक्रीया