काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आज आइतबार विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई पत्र समेत बुझाएका छन् ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शर्माले १५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन् ।
मुख्यमन्त्री शर्माले सरकारको नेतृत्व गरेको तीन महिनामा तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् ।
तपाइँको प्रतिक्रीया