काठमाण्डौ : एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभवित भएको छ । अघि बिहान ९ बजेदेखि नै मूलपानी मैदानमा खेल सुरु हुने भनिए पनि अहिलेसम्म टस हुन सकेको छैन ।
काठमाण्डौमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ । नेपाल आज साउदी अरेबियालाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको नेपाल दुवैमा जित निकाल्दै समूह ुएु को शीर्ष स्थानमा छ । साउदी अरेबिया चौथो स्थानमा छ ।
समूह ुएु मा नेपालसहित ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, आज समूह ुबीु का बहराइन र हङकङ पनि खेल्दै छन् । यो खेल कीर्तिपुर मैदानमा हुनेछ । समूह ुबीु मा रहेको हङकङ शीर्ष स्थानमा छ । यो समूहमा हङकङसहित युनाइटेड अरब इमिरेट्स, बहराइन, कुवेत र सिङ्गापुर रहेका छन् ।
तपाइँको प्रतिक्रीया