२०८२ जेठ ३२ शनिवार

राशिफल

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु

काठमाडौं  :  बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिक केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई नगरपालिका १ बाट सुरु गरिएको छ ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

यसअघिको निर्वाचनमा बारा २ बाट विजयी भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो ।