२०८२ जेठ ३२ शनिवार

राशिफल

तनहुँ–१ को उपनिर्वाचन डा स्वर्णिम वाग्ले ७ हजार भन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं : तनहुँ–१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले ७ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।

यो समाचार तयार पर्दा सम्म सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ मत पाएका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन् ।

आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।