२०८२ जेठ २५ शनिवार

राशिफल

पहाडी क्षेत्रमा केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना

काठमाण्डौ :  हिजो पानी परे पनि काठमाण्डौमा आज घाम लागेको छ । अहिले काठमाण्डौको मौसम आंशिक बदली रहेको मौसमविद्ले बताएका छन् । अन्य क्षेत्रमा पनि अहिले घाम लागेको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले धेरै ठाउँको मौसम आंशिक बदली छ । दिउँसो पछि भने सामान्य बदली भइ काठमाण्डौसहित पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको अनुमान छ ।

स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय रहेकाले दिउँसो पछि भने बदली हुने मौसमविद्ले बताएका छन् ।