काठमाण्डौ : चितवनको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै छ ।
लामिछानेलाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई दिनुभएको छ । साथै उहाँले हार स्वीकार गरी नागरिकले परिवर्तन खोजेको प्रतिक्रिया दिनुभएको छ । पछिल्लो गणना बिहान साढे १० बजेको विवरणअनुसार लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
जितनारायणले ८ हजार ४ सय २५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत ल्याउनुभएको छ । लामिछाने र जितनारायणको मतान्तर ३७ हजार ४ सय १७ छ । अब गन्न बाँकी मत झण्डै १२ हजार छ । चितवन–२ मा कुल मतदाता १ लाख २४ हजार ६ सय ९५ रहेकोमा ७८ हजार २ सय ७७ मत खसेको छ ।
तपाइँको प्रतिक्रीया