काठमाडौं : काठमाडौंको कपनमा निरा पाण्डे आचार्यको हत्यारालाई छिटो पत्ता लगाउन माग गर्दै उनका आफन्तजनले प्रदर्शन गरेका छन् ।
हत्या भएको एक साता पुग्न लाग्दा पनि दोषिलाई कानूनी दायरामा ल्याउन नसकेको भन्दै परिवारजनले हत्यारालाई सार्वजनिक गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने भन्दै कपनमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले निराको हत्या रहस्यमय रहेको भन्दै त्यही अनुसार अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले हत्यारालाई पत्ता लगाउ, हत्यारा चाडो सार्वजनिक गर, हाम्रो माग पुरा गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
वैशाख ७ गते काठमाडौंको कपन सरस्वतीनगरस्थित निरु भाडा पसलमा सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
तपाइँको प्रतिक्रीया