काठमाडौं : एएफसी यू-१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले आज बेलुकी इरानसँग खेल्दैछ ।
समूह एचमा रहेको नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६: ४५ बजे सुरु हुनेछ ।
नेपाली यू १७ महिला टोलीले यसपटक विष्णु गुरुङको प्रशिक्षणमा खेल्नेछ । यसअघि साफ यू१७ च्याम्पियनसिपपमा भगवती थापा मगर मुख्य प्रशिक्षक थिइन् ।
तुलानात्मक रुपमा बलियो टोद्यी इरान विरुद्ध सुखद नतिजा ल्याउने लक्ष्यमा नेपाल छ । यस समूहको अर्को टिम आयोजक जोर्डनसँग नेपालले आउने शुक्रबार खेल्नेछ ।
तपाइँको प्रतिक्रीया