काठमाण्डौ : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उहाँ सामान्य हिँडडुल गर्न थाल्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने एन्टिबायोटिक प्रयोग गरिएको छ । राष्ट्रपति पौडेलको उपचारसँग सम्बन्धित थप परीक्षण भैरहेको छ । भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा गएको बुधबारदेखि उहाँको उपचार भैरहेको छ ।
छाती र पेटमा समस्या देखिएपछि उहाँलाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
तपाइँको प्रतिक्रीया