२०८२ जेठ २५ शनिवार

राशिफल

मिटरब्याज पीडितमाथि भएको बल प्रयोगप्रति गृहमन्त्रीले मागे माफी

k|ltlglw;ef a}7s sf7df8f}F, !( r}tM pkk|wfgdGqL Pj+ u[xdGqL gf/fo0fsfhL >]i7 k|ltlglw;efsf] cfh a;]sf] a}7sdf ;fj{hlgs dxTjsf] k|:tfj k|:t’t ug'{x’Fb} . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौं :  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् ।

केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।