२०८२ जेठ २५ शनिवार

राशिफल

ताप्लेजुङको साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गयो, दुईजना घाइते

काठमाडौं :  मैवाखोला गाउँपालिका-४ साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ । दुईजना घाइते भएका छन् ।

गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको ज्यान गएको हो ।

चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते भएको छ ।

घाइते दुवै जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।