काठमाण्डौ : एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली जोर्डनसँग खेल्दैछ।
खेल प्रिन्स मोहम्मद मैदानमा बेलुका पौने ७ बजे सुरु हुनेछ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई आज जित आवश्यक छ।
छनोटको समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १–० गोलको हार ब्यहोरेको थियो ।
तपाइँको प्रतिक्रीया