२०८२ असार ३ मङ्गलबार

राशिफल

चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

काठमाण्डौ : भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय जलवा महतोको ज्यान गएको हो।

गए राति ना २२ प ६८०० नंको मोटरसाइकलले महतोलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् ।