२०८२ जेठ २५ शनिवार

राशिफल

रास्वपाले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ताबारे आज निर्णय लिनसक्ने

काठमाडौं   :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ताबारे आज निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभाको सदस्यको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर निर्णय लिने उनले बताए ।

उनले आफूहरू देशमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए । सरकारबारे पार्टी र संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई बधाई दिन फोन गरेको बताए । कुराकानीको क्रममा सरकारलाई दिएको समर्थन फिर्ताबारे चासो राखेको भएपनि गम्भीर छलफल नभएको रविले बताए ।