२०८२ जेठ २४ शुक्रबार

राशिफल

लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले लिए शपथ

काठमाडौं   :   लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ दिलाएका हुन् ।

चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।