२०८२ जेठ २५ शनिवार

राशिफल

माइतीघरमा महावीर पुनको धर्ना कायमै

काठमाण्डौ  :  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने बताउनुभएको छ । हिजोदेखि धर्ना थालेका उहाँले माइतीघर चोकको सडकमै रात बिताउनुभएको छ ।

गएराति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५र२० जना साथीहरुले साथ दिएको उहाँले बताउनुभयो । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उहाँको भनाइ छ । उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभएको छ ।

देशका प्रतिभाशाली विद्यार्थी तथा भावी सन्ततिका लागि आफूले आन्दोलन गर्नुपरेको उहाँले बताउनुभएको छ । आविष्कार तथा नयाँ प्रवर्द्धनको काम गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने र अर्थतन्त्र सुधार नभएसम्म नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न नसकिने उहाँको भनाइ छ ।