२०८२ जेठ २५ शनिवार

राशिफल

रास्वपाका उपसभापति अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा

काठमाण्डौ  :  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ ।

हिजो शनिवार बसेको संसदीय दलको बैठकमा उहाँले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउनु भएको पार्टीले जनाएको छ ।

पार्टीको संसदीय दलको बैठक सोमवार भोलि बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिनुभयो ।