२०८२ जेठ २५ शनिवार

राशिफल

ए डिभिजन लिग फुटबलमा आज चार वटा खेल हुँदै

काठमाण्डौ  : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज ४ वटा खेल हुँदैछन् । वर्षाका कारण हिजो प्रभावित भएका ३ वटा र नियमित तालिकाको एउटा गरी आज ४ वटा खेल हुन लागेका हुन् ।

हिजो ७१औँ मिनेटमा रोकिएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल आज दशरथ रङ्गशालामा साढे ४ बजे सुरु हुनेछ । खेल ७१औँ मिनेटदेखि नै गणना हुनेछ । दुवै टोलीले १–१ गोल गरेका छन् ।

यस्तै, हिजो रोकिएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल दिउँसो एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ।