२०८२ जेठ २५ शनिवार

राशिफल

स्वास्थ्यमा सुधारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाण्डौ :   भारतमा उपचार गरी स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता हुनुभएको छ । उहाँ गएराति स्वदेश फर्कनु भएको हो ।

गएको वैशाख ६ गते उपचारका लागि उहाँ भारत जानुभएको थियो । राष्ट्रपति पौडेल दिल्लीमा रहेको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स० बाट हिजो डिस्चार्जपछि स्वदेश फर्किनुभयो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्ति अनुसार उहाँ नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनु भएको छ ।

राष्ट्रपति पौडेललाई डाक्टरले केही हप्ता आराम गर्न सुझाव दिएका छन् ।